वीरगन्ज :

बीरगन्ज महानगरको राजस्व सङ्कलनमा वृद्धि

श्रेणी : अर्थ

12 months
Pradeep Sah
2.5kViews
1225 Shares

बीरगन्ज,०७ जेठ । बीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्षको वैशाखसम्म राजस्व सङ्कलनमा गत वर्षको तुलनामा वृद्धि गरिरहेको भए पनि निर्धारित लक्ष्य पूरा गर्न भने अझै कठिनाइ देखिएको छ।

महानगरको राजस्व महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालू आवको वैशाखसम्म कुल ४१ करोड ४६ लाख ४६ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरिएको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिमा सङ्कलित ३९ करोड ८० लाख भन्दा केही बढी हो।

राजस्व महाशाखाका प्रमुख मनोज कर्णका अनुसार, वैशाख महिनामा मात्रै करिब ४ करोड १३ लाख राजस्व सङ्कलन भएको छ, जुन गत वर्षको ३ करोड ४ लाख भन्दा बढी हो।

चालु आर्थिक वर्षको सुरुवाती नगरसभाले ७५ करोड राजस्व सङ्कलन लक्ष्य तय गरेको थियो। तर पुसमा सम्पन्न समीक्षा नगरसभाले यो लक्ष्य ९५ करोडमा पुर्याएको थियो। अघिल्लो वर्षमा त्यही रणनीति अपनाए पनि ६१ करोड ५० लाख मात्र राजस्व सङ्कलन भएको थियो।

हालसम्म १० महिनामा ४१ करोड बढी सङ्कलन भए पनि बाँकी दुई महिनामा झन्डै ५४ करोड राजस्व सङ्कलन गर्नुपर्ने अवस्था छ, जुन चुनौतीपूर्ण देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *