वीरगन्ज :

बीरगन्ज नाकाबाट भारतीय नागरिक २ किलो चरेससहित पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

1 year
Pradeep Sah
2.3kViews
1687 Shares

बीरगन्ज,२७ चैत । भारततर्फ लागुऔषध चरेस लैजाँदै गरेका एक भारतीय नागरिक पर्साको बीरगन्ज नाका नजिकै पक्राउ परेका छन्। भारत बिहारको मोतिहारी जिल्ला, सुगौली ग्राम छपराका ४५ वर्षीय विकास साह कानुलाई बीरगन्ज–१६ इनर्वा स्थित शंकराचार्य गेटबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पैदलै रक्सौलतर्फ जाँदै गरेका कानुलाई शंका लागेर चेकजाँच गर्दा उनले शरीरमा लुकाएर राखेको चार प्याकेट चरेस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। बरामद चरेसको तौल करिब २ किलो रहेको छ।

हाल उनलाई प्रहरीले हिरासतमा राखी लागुऔषधसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *