वीरगन्ज :

बीरगन्जमा नाबालिकामाथि बलात्कारको आरोपमा एक युवक पक्राउ, प्रहरीले घटना लुकाउन खाजेको आरोप

श्रेणी : BANNER

11 hours
Pradeep Sah
2.0kViews
1794 Shares

बीरगन्ज,१७ साउन । पर्सा प्रहरीले नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका व्यक्ति अधिवक्ता विनय सिंहका छोरा निखिल सिंह राजपूत रहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार पीडित पक्षले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे आवश्यक प्रमाण संकलन तथा अन्य पक्षको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहर हुने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ। प्रभावशाली व्यक्तिसँग पहुँच भएकाले न्यायिक प्रक्रिया प्रभावित हुन सक्ने आशंका व्यक्त गर्दै उनीहरूले सम्बन्धित निकायसँग निष्पक्ष र पारदर्शी अनुसन्धान सुनिश्चित गर्न आग्रह गरेका छन्।

यस्तै, पीडित पक्षले केही स्थानीय सञ्चारमाध्यमले घटनालाई अपेक्षित प्राथमिकता नदिएको भन्दै असन्तुष्टि पनि जनाएको छ।

यो प्रकरण हाल अनुसन्धानकै चरणमा रहेकाले घटनासम्बन्धी आरोपहरू अदालतबाट प्रमाणित भइसकेका छैनन्। कानुनी प्रक्रियाअनुसार अन्तिम न्यायिक निर्णय नआएसम्म कुनै पनि व्यक्तिलाई दोषी ठहर गर्न नमिल्ने भएकाले प्रहरीले सबै पक्षको अनुसन्धान गरिरहेको जनाएको छ।

स्रोतका अनुसार चर्चितक कानुन व्यवसायीका छोरा भएको कारण आर्थिक दवावमा प्रहरीले घटना लुकाउ खाजेको तथा मुद्दा कमजोर गर्न खाजेको छ । स्रोतका अनुसार युवक स्वास्थ्य जाँचमा समेत घटना सत्य भएको खुलेको भएपनि स्वास्थ्यकर्मीको रिपोर्टलाई समेत उल्टयाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *