वीरगन्ज :

बीरगन्जको कुम्हालटोलमा रक्तदान कार्यक्रम, ३१ जनाले गरे रगत दान

श्रेणी : मधेस

2 years
Pradeep Sah
2.9kViews
1291 Shares

बीरगन्ज,२० पुस । बीरगन्ज महानगरपालिका वडा नं. ७ स्थित कुम्हालटोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कुम्हालटोल टोल सुधार समाजले मेरी गोल्ड स्कूलको प्रांगणमा आयोजित कार्यक्रममा ६ महिलासहित ३१ जनाले रक्तदान गरेका छन्।

रक्तसञ्चार केन्द्र बीरगन्जका राजन श्रीवास्तवका अनुसार, रक्तदान गर्नेमा सुष्मा श्रेष्ठ, बिनिता श्रेष्ठ, ज्ञान माया रायमाझी, सिल्की श्रीवास्तव, चाँदनी मिश्रा, सुनिता श्रेष्ठ लगायतका व्यक्तिहरू रहेका थिए।

कार्यक्रमको अध्यक्षता कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरले गरेका थिए, र वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष हिराकाजी महर्जनले रक्तदानलाई जीवन दान दिने पुण्य कार्यको रूपमा चिन्नु भएको थियो। उहाँले सबैलाई रक्तदानको महत्व र आवश्यकता बारे सम्झाउँदै यस कार्यमा सहभागिता जनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय नगवाका प्रमुख रुपेश झा, समाजका वरिष्ठ उपाध्यक्ष अशोक गुप्ता, पत्रकार राजेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो। रक्तसञ्चार केन्द्र वीरगञ्ज, नेपाल रेडक्रस सोसाइटी र विभिन्न समाजसेवीहरूले प्राविधिक सहयोग पुर्याए।

यो कार्यक्रमले कुम्हालटोलका नागरिकहरूलाई रक्तदानको महत्त्व र अन्योल समयका लागि आवश्यक रगतको सन्देश फैलाउन महत्त्वपूर्ण भूमिका निभाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *