वीरगन्ज :

बीरगन्जकाे द हिमाल इन्स्टिच्युटमा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ पढाइने

श्रेणी : मधेस

2 years
Pradeep Sah
2.9kViews
1441 Shares

बीरगन्ज,०८ चैत । मधेस प्रदेशकै एक प्रतिष्ठित प्राविधिक शिक्षालय द हिमाल इन्स्टिच्युट अफ हेल्थ एन्ड टेक्निकल साइन्स बीरगन्जले आफ्नो शैक्षिक कार्यक्रमलाई विस्तार गर्दै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ पाठ्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

विगत २१ वर्षदेखि स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको यस संस्थाले आधुनिक प्रविधिको मागलाई मध्यनजर गर्दै अब ३ वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

संस्थाका अनुसार यो कार्यक्रम विद्यार्थीहरूलाई कम्प्युटर तथा सूचना प्रविधिमा दक्ष बनाउने उद्देश्यले डिजाइन गरिएको छ। डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङको कुल शुल्क तीन लाख १२ हजार रुपैयाँ तोकिएको छ। भर्ना प्रक्रिया आगामी वर्ष २०८२ असार महिनादेखि सुरू हुने बताइएको छ।

प्राविधिक शिक्षामा लामो इतिहास बोकेको द हिमाल इन्स्टिच्युट अफ हेल्थ एन्ड टेक्निकल साइन्स बीरगन्जले यसअघि स्वास्थ्य क्षेत्रका विभिन्न पाठ्यक्रम सञ्चालन गर्दै आएको छ। अब कम्प्युटर इन्जिनियरिङ कार्यक्रम थपिएपछि विद्यार्थीहरूलाई प्रविधि क्षेत्रमा थप अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।

यो नयाँ कार्यक्रम सञ्चालनसँगै बीरगन्ज तथा आसपास क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर मिल्नेछ। इच्छुक विद्यार्थी तथा अभिभावकहरूले पर्साको बीरगन्ज महानगरपालिका – १५ स्थित कलेजमा सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *