वीरगन्ज :

बारामा छाला उद्योग दुर्घटना, घाइते मजदुरको मृत्युपछि आक्रोशित प्रदर्शन चर्कियो

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.5kViews
1912 Shares

बारा,२९ वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित एभरेष्ट छाला उद्योगमा ट्रान्सफर्मर विस्फोट हुँदा गम्भीर घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिका–३ निवासी ४५ वर्षीय चरनजित यादव रहेका छन्। वैशाख २२ गते उद्योगमा ट्रान्सफर्मर जडान गर्ने क्रममा भएको विस्फोटमा उनी गम्भीर घाइते भएका थिए। उपचारकै क्रममा मंगलबार उनको निधन भएको प्रहरीले जनाएको छ।

घटनापछि आक्रोशित स्थानीय र पीडित परिवारले दोषीमाथि कारबाही तथा उचित क्षतिपूर्तिको माग गर्दै पथलैया–वीरगञ्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण केही समय सडक अवरुद्ध बनेको थियो।

स्थानीयवासीले उद्योग र ट्रान्सफर्मर मर्मतमा संलग्न कम्पनीको लापरवाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन्।

पीडित परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै अनमोल गुरुङ र सोनु यादवलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *