वीरगन्ज :

प्रमुख प्रशासकीय अधिकृत सहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

श्रेणी : अपराध

5 months
Pradeep Sah
3.1kViews
1739 Shares

काठमाडाैं,१४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आयोगका अनुसार गाउँपालिकाअन्तर्गत रहेको सुनकुडा माध्यमिक विद्यालयमा विभिन्न शीर्षकमा सरकारी रकम हिनामिना गरिएको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन तथा गाउँपालिकाका कर्मचारीको संलग्नतामा अनियमितता भएको पुष्टि भएपछि मुद्दा अघि बढाइएको जानकारी दिए ।

मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट, लेखापाल हर्कबहादुर विष्ट तथा गाउँपालिकाका सव–इन्जिनियर किरण भण्डारी प्रतिवादी रहेका छन्।

अख्तियारले रमेशबहादुर अधिकारी, धनबहादुर विष्ट र लेखापाल हर्कबहादुर विष्टसँग २६ लाख ५४ हजार रुपैयाँ तथा रमेशबहादुर विष्ट र सव–इन्जिनियर किरण भण्डारीसँग २० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *