वीरगन्ज :

पर्सामा अनलाइनबाट नागरिकताको सिफारिस सुरु,सेवाग्राहीलाई कागजपत्र बोकेर हिँड्नुपर्ने

श्रेणी : BANNER

2 years
Pradeep Sah
1.8kViews
1035 Shares

बीरगन्ज,२४ पुस । पर्सा जिल्लाका नागरिक अब नागरिकताको सिफारिस अनलाइन प्रणालीबाट गर्न पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना जारी गर्दै पुष २८ गतेदेखि ११२ वटै वडा कार्यालयबाट अनिवार्य रूपमा अनलाइन प्रणालीबाट सिफारिस प्रक्रिया थालिने जानकारी दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीका अनुसार प्रमाणपत्र वितरण र नागरिकताको अभिलेख व्यवस्थापनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन यो प्रणाली लागू गरिएको हो। स्थानीय तहले नागरिकता सूचना व्यवस्थापन प्रणालीको एक्स्टर्नल मोड्युल प्रयोग गरी जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयबाट नयाँ नागरिकता प्रमाणपत्रको सिफारिस गर्न सक्नेछन्।

प्रणाली कार्यान्वयनका लागि वडा सचिव र सूचना प्रविधि अधिकृतहरूलाई गृह मन्त्रालयको समन्वयमा अनलाइन सिफारिस प्रक्रिया सम्बन्धी तालिमसमेत दिइएको छ। साथै, प्रत्येक स्थानीय तहको युजर आईडी निर्माण भइसकेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले अनलाइन प्रणालीले सेवाग्राहीलाई कागजपत्र लिएर कार्यालय धाउनुपर्ने झन्झट हटाउनुका साथै सेवा प्रवाहमा पारदर्शिता र गति ल्याउने विश्वास व्यक्त गरे।

यो प्रविधिको प्रयोगले पर्सा जिल्लामा नागरिकता सम्बन्धी काम अझ सहज र आधुनिक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *