वीरगन्ज :

पर्साबाट ठूलो परिमाणको गाँजासहित दुई व्यक्ति नियन्त्रणमा

श्रेणी : अपराध

2 hours
Pradeep Sah
1.8kViews
1083 Shares

बीरगन्ज,०३ असार । पर्सा प्रहरीले १०९ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। मङ्गलबार बीरगन्ज महानगरपालिका–२१ अन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा गरिएको सवारी जाँचका क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

वडा प्रहरी कार्यालय श्रीपुर र इलाका प्रहरी कार्यालय पोखरियाको संयुक्त टोलीले पथलैयाबाट बीरगन्जतर्फ आउँदै गरेको बा.१९ च ५७३८ नम्बरको बोलेरो पिकअप गाडीलाई रोकेर जाँच गरेको थियो। जाँचका क्रममा गाडीको पछाडिको भागमा त्रिपालले छोपेर प्लास्टिकमा प्याक गरिएका आठ वटा पोकाभित्र गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद गाँजाको तौल १०९ किलो रहेको छ।

घटनामा संलग्न रहेको आरोपमा गाडी चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ निवासी ३० वर्षीय सुभाष थामी र गाडीमा सवार २८ वर्षीय छत्रबहादुर थामीलाई पक्राउ गरिएको छ।

प्रहरीले बरामद गाँजा, बोलेरो पिकअप गाडी तथा पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *