वीरगन्ज :

परीक्षा दिएर बसेका विद्यार्थीका लागि नि:शुल्क कम्प्युटर तालिम सुरु

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.7kViews
1389 Shares

बीरगन्ज,२९ वैशाख । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ मा एसईई र कक्षा १२ को परीक्षा सकेर बसेका विद्यार्थीका लागि तीन महिनाको नि:शुल्क कम्प्युटर तालिम सुरु गरिएको छ।

गाउँपालिकाको सहयोग र व्यवस्थापनमा सञ्चालित तालिम सोमवारदेखि सुरु भएको हो। रंगपुर माध्यमिक विद्यालयको कम्प्युटर कक्षामा सञ्चालन भइरहेको तालिममा २५ जना विद्यार्थी सहभागी छन्।

वडाध्यक्ष विजय गैरेका अनुसार परीक्षापछि खाली समयमा विद्यार्थीलाई सिपमूलक तालिम प्रदान गरी समयको सदुपयोग गराउने उद्देश्यले तालिम सुरु गरिएको हो। गाउँपालिका अध्यक्ष दिनेश चौधरीले यस पहलमार्फत युवाहरूलाई डिजिटल सीपमा सक्षम बनाउने प्रयास गरिएको बताए।

तालिम प्रशिक्षक सुर्यभक्त कँडेलले कक्षा सञ्चालन गरिरहेका छन् भने कार्यपालिका सदस्य सृजना विकले तालिम नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *