वीरगन्ज :

नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन

श्रेणी : प्रदेश

2 years
Pradeep Sah
3.2kViews
1840 Shares

काठमाडौं,३० माघ । नेपाल विद्यार्थी संघले सामाजिक सञ्जाल विधेयकमा रहेका प्रावधानमाथि विरोध जनाउदै काठमाडौंमा प्रदर्शन गरेको छ।

नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई नै हनन गर्ने गरी सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएको भन्दै नेविसंघले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो। विधार्थीले टाउको र हातमा पट्टी बाधेर विधेयकविरुद्ध सांकेतिक विरोध जनाएका थिए।

प्रदर्शनमा सहभागीले नियमन चाहिएको हो, नियन्त्रण होइन, स्वतन्त्रताको सुरक्षा अभिव्यक्तिको अधिकार, प्रश्नसंग डराएको सरकार, कांग्रेसको एक तारा हराएको सूचना लगाएत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए। सरकारले जनताको अधिकार खोस्ने गरि विधेयक ल्याएकाले त्यसका बिरुद्ध प्रदर्शन गर्नुपरेको नेविसंघका नेता सुशान्त आचार्यले बताए।

सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको भन्दै प्रदर्शन गरिएको नेविसंघले जनाएको छ। विधेयक नसच्चाएसम्म आन्दोलन जारी रहने नेविसंघको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *