वीरगन्ज :

नेपालले सार्वजनिक गर्‍यो जलवायु प्रतिबद्धतासहितको तेस्रो ‘एनडीसी’

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.2kViews
1689 Shares

काठमाडौं,०२ जेठ । सरकारले जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रतिबद्धतासहितको तेस्रो एनडीसी सार्वजनिक गरेको छ । सगरमाथा संवादको उद्घाटन सत्रमा सरकारले ‘तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो एनडीसीको पुस्तक कोप २९ अध्यक्ष मुख्तर बबयभलाई हस्तान्तरण गरेका छन् । तेस्रो एनडीसी जलवायु परिवर्तन न्यूजीकरण, अनुकूलन तथा वित्तीय व्यवस्थापनको विस्तृत खाकासहित सन् २०३५ सम्मको दिगो विकास लक्ष्य, घरेलु तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोतको परिचालन तथा पालिकासम्म जलवायु कार्यान्वयनको योजना समेटेर तयार गरिएको छ ।

विश्वको तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसभित्र सीमित राख्न विश्वव्यापी प्रयासलाई सहयोग गर्दै नेपालले जलवायुजन्य सङ्कट व्यवस्थापनमा योगदान गर्ने लक्ष्य लिएको छ । हरितगृह ग्याँस उत्सर्जनमा नगण्य योगदान भए पनि नेपालले आफ्नो परिमाणात्मक न्यूनीकरण लक्ष्य र नीति तथा उपायको दायरा विस्तार गरेको छ । तेस्रो राष्ट्रिय निर्धारित योगदानले सन् २०३५ सम्मको लक्ष्य निर्धारण गरेको छ ।

वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्माका अनुसार सन् २०४५ सम्म नेट–शून्य कार्बन उत्सर्जन प्राप्त गर्ने लक्ष्यसहित सरकारले ऊर्जा, यातायात, उद्योग, कृषि, वन, जल स्रोत, शहरी पूर्वाधार र सांस्कृतिक सम्पदामा प्रभावकारी कदम चाल्ने नीति लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *