वीरगन्ज :

नेपालमा दन्त चिकित्सकको आवश्यकता तीव्र रूपमा बढ्दै : मन्त्री यादव

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.7kViews
1576 Shares

काठमाडौँ, २७ जेठ । खानेपानी मन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकको आवश्यकता र महत्व दिनप्रतिदिन बढ्दै गएको बताएका छन्। मंगलबार पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले देशभर अझै धेरै स्थानमा दन्त स्वास्थ्य सेवा नपुगेको उल्लेख गर्दै दन्त चिकित्सकको माग उच्च रहेको बताएका हुन्।

कलेजका प्रमुख संस्थापक दिवंगत तीर्थरत्न बज्राचार्यको २२औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले भने, “देशका rural र दुर्गम क्षेत्रमा दन्त सेवाको अभाव छ। सरकारले अब यस्ता क्षेत्रमा सेवा पुर्‍याउने रणनीति बनाइरहेको छ।”

उनले दिवंगत बज्राचार्यको योगदानको स्मरण गर्दै नेपाली दन्त चिकित्सक शिक्षाको आधारशिला बसाल्नमा बज्राचार्यको भूमिकालाई उच्च सम्मान व्यक्त गरे।

कार्यक्रममा विशिष्ट अतिथि जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले दन्त स्वास्थ्यमा जनचेतना अभिवृद्धि, ग्रामीण क्षेत्रमा सेवा विस्तार, र शिक्षामा गुणस्तर सुधारका लागि सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य भएको बताए।

कार्यक्रममा शिक्षाविद, चिकित्सक, विद्यार्थी र स्व. बज्राचार्यका सहकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *