वीरगन्ज :

तीनकुनेमा राजावादी आन्दोलनमा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ

श्रेणी : अपराध

1 year
Pradeep Sah
1.7kViews
1072 Shares

काठमाडौं, १९ चैत्र । काठमाडौंकाे तीनकुनेमा राजधानीको तीनकुनेमा राजावादी समूहको आन्दोलनका क्रममा अराजक गतिविधि गरेको आरोपमा मंगलबार थप १८ जना पक्राउ परेका छन्। यसअघि सोमबार प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेहरूमा विष्णुजंग बस्नेत, सितादेवी राई, देवी संग्रौला लगायत रहेका छन्। प्रहरीले उनीहरूलाई आन्दोलनका क्रममा तोडफोड र अशान्ति सिर्जना गरेको आरोपमा नियन्त्रणमा लिएको हो।

यसैबीच, पक्राउ परेका ४१ जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये धेरैजसो राजावादी नेता दुर्गा प्रसाईं निकट रहेको बुझिएको छ।

प्रदर्शनका क्रममा अराजक गतिविधि दोहोरिए थप कडा कारबाही गरिने प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *