वीरगन्ज :

डीआईजी चर्तुवेदीद्वारा मधेशका आठ जिल्लाको प्रहरी निरीक्षण सम्पन्न

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.8kViews
1361 Shares

जनकपुर,०७ जेठ । हालै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा भएर आएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमा प्रसाद चर्तुवेदीले मधेश प्रदेशका आठ जिल्लामा रहेका प्रहरी कार्यालयहरूको निरीक्षण गरेका छन्।

गत वैशाख २४ मा पदभार सम्हालेका डीआईजी चर्तुवेदीले वैशाख २८ देखि जेठ ४ गतेसम्म पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका कार्यालयको निरीक्षण गरेका हुन्।

निरीक्षणको क्रममा उनले प्रहरीहरूलाई आचारसंहिता पालनासहित व्यवसायिक, अनुशासित र जनउत्तरदायी बन्न निर्देशन दिएका थिए। साथै, अपराध नियन्त्रण, चोरी–तस्करी, सिमा अपराध, फरार अभियुक्तको पक्राउ, सवारी दुर्घटना न्यूनिकरण, आत्महत्या रोकथाम र पेंडिङ मुद्दा फर्स्यौटमा जोड दिन आदेश दिएका थिए।

डीआईजी चर्तुवेदीले इलाका प्रहरी कार्यालय सिमरा, निजगढ, लहानसँगै सप्तरीको प्रहरी अस्पताल, रौतहटको प्रहरी स्कुल र प्रहरी तालिम केन्द्रको पनि निरीक्षण गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *