वीरगन्ज :

टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

श्रेणी : अर्थ

7 hours
Pradeep Sah
2.3kViews
1126 Shares

काठमाडौं,२८ वैशाख । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख २३ गतेदेखि खुला गरेको साधारण सेयरमा लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।

कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयर बिक्री खुला गरेको हो। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँड गरिसकिएको थियो।

कम्पनीले कुल १ अर्ब २० करोड रुपैयाँ जारी पूँजीको ३५.२६ प्रतिशत बराबरको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको जनाएको छ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा मेरो सेयर मार्फत दिन सकिनेछ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेड ले सम्हालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *