वीरगन्ज :

जीतपुरसिमरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा सन्तोष कुशवाहको दाबी

श्रेणी : BANNER

2 months
Pradeep Sah
1.9kViews
1754 Shares

बीरगन्ज,०३ असार । जीतपुरसिमरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै चुनावी गतिविधि तीव्र बन्न थालेको छ। यसैक्रममा संघको वरिष्ठ उपाध्यक्ष पदका लागि युवा व्यवसायी सन्तोष कुशवाहले उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ भने व्यवसायी समुदायबीच नेतृत्व चयनबारे छलफल र भेटघाट पनि तीव्र बनेको छ। कुशवाहले उद्योगी तथा व्यवसायीहरूको हकहित, व्यवसायिक वातावरण सुधार र संघको संस्थागत विकासलाई प्राथमिकतामा राख्दै आफू निर्वाचन मैदानमा उत्रिएको बताएका छन्।

संघको नेतृत्व चयनका लागि विभिन्न पदमा आकांक्षीहरूको सक्रियता बढिरहेकाले यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। वरिष्ठ उपाध्यक्ष पदमा सन्तोष कुशवाहको उम्मेदवारीले चुनावी समीकरणमा नयाँ चर्चा थपिएको छ भने व्यवसायी वृत्तमा निर्वाचनको माहोल झन् तातेको देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *