वीरगन्ज :

जानकी मन्दिर दर्शन गर्न आएका भारतीय युवकको पोखरीमा डुबेर मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

51 minutes
Pradeep Sah
2.7kViews
1939 Shares

जनकपुर,२० साउन । जनकपुरधामस्थित जानकी मन्दिर दर्शन गर्न आएका एक भारतीय दर्शनार्थीको तेल्हा पोखरीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको बिहार राज्यस्थित हाजीपुर निवासी २० वर्षीय आदर्शकुमार झा रहेका छन् । उनी साथीहरूसँग जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आएका थिए ।

प्रहरीका अनुसार गएराति तेल्हा पोखरीमा हामफालेपछि झा डुबेका थिए । घटनालगत्तै स्थानीय युवाहरूले उनलाई पोखरीबाट उद्धार गरी उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्‍याएका थिए ।
तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
झाको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *