वीरगन्ज :

जनमत पार्टी संघीय लोकतान्त्रिक मोर्चाबाट अलग

श्रेणी : BANNER

10 months
Pradeep Sah
3.2kViews
1089 Shares

काठमाडौं,२२ साउन । सीके राउत नेतृत्वको जनमत पार्टी तराई–मधेसकेन्द्रित सात दलीय संघीय लोकतान्त्रिक मोर्चाबाट बाहिरिएको छ। रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा मोर्चाको साझा उम्मेदवार बनाउने सहमतिबाट असहमत जनाउँदै जनमतले आफ्नै उम्मेदवार उठाउने घोषणा गरेको हो।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले मोर्चाबाट बाहिरिएको पुष्टि गर्दै भने, “संघीय लोकतान्त्रिक मोर्चा कसैलाई सांसद वा मन्त्री बनाउने माध्यम होइन। हाम्रो दृष्टिकोण फरक भएकाले हामी निर्वाचनका सन्दर्भमा एउटै धारमा रहन सकेनौं।”

मोर्चाले यसअघि रुपन्देही–३ उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरेको थियो। तर, सो निर्णयप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले मोर्चामा रहन सम्भव नभएको स्पष्ट पारेको हो।

यद्यपि, प्रवक्ता यादवले संविधान संशोधनजस्ता महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा मोर्चासँग सहकार्यको सम्भावना खुला रहेको संकेत पनि गरेका छन्।

जनमत पार्टीको यस निर्णयसँगै रुपन्देही–३ मा हुने उपनिर्वाचनको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *