वीरगन्ज :

जनमत पार्टीमा ठूलो राजनीतिक फेरबदल, मधेश संसदीय दलको नेतृत्व सिंहलाई

श्रेणी : BANNER

2 hours
Pradeep Sah
1.7kViews
1601 Shares

जनकपुर,२२ वैशाख ।  जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेतृत्वमा परिवर्तन गर्दै महेश प्रसाद यादवलाई पदबाट हटाएर चन्दन कुमार सिंहलाई नयाँ नेता बनाएको छ।

पार्टी अध्यक्ष सीके राउतले सोमबार विज्ञप्ति जारी गर्दै सिंहलाई आजैदेखि लागू हुने गरी संसदीय दलको नेता तोकिएको जानकारी दिएका छन्। सिंह यसअघि प्रमुख सचेतक र पार्टी महासचिवको जिम्मेवारीमा थिए।

जनमत पार्टीभित्र पछिल्लो समय सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा मतभेद देखिएको छ। सिंहको नेतृत्वमा बहुमत सांसदहरूले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए। तर त्यसको केही घण्टामै पूर्व नेता यादवले समर्थन कायमै रहेको अर्को पत्र बुझाएका थिए।

सांसद संख्याका हिसाबले १२ मध्ये ९ सांसदले समर्थन फिर्ताको पक्षमा हस्ताक्षर गरेको बताइएको छ। पार्टीभित्रको यो विवादले मधेश प्रदेशको राजनीतिक समीकरणमा पनि असर पार्ने देखिएको छ।

प्रदेश सभामा हाल एमाले, कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा र अन्य दलहरूको प्रतिनिधित्व छ। जनमत पार्टीको यो निर्णयपछि मधेशमा सरकारको वैकल्पिक गठबन्धनबारे पनि चर्चा सुरु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *