वीरगन्ज :

एसईईमा पर्साबाट ४० प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण

श्रेणी : BANNER

2 hours
Pradeep Sah
1.6kViews
1757 Shares

बीरगन्ज,२९ वैशाख । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पर्सा जिल्लाको नतिजा कमजोर देखिएको छ। जिल्लाबाट सहभागी विद्यार्थीमध्ये करिब ४० प्रतिशत मात्र उत्तीर्ण भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार पर्सामा ८ हजार ४१२ विद्यार्थीले एसईई दिएका थिए। तीमध्ये ३ हजार ४०५ विद्यार्थी मात्र उत्तीर्ण भएका छन्, जसले जिल्लाको कुल उत्तीर्ण प्रतिशत ४०.४७ मा सीमित भएको छ। बाँकी ५९.५३ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाई पर्साका अनुसार यस वर्ष जिल्लाबाट एक प्लसदेखि सी ग्रेडसम्म विभिन्न श्रेणीमा विद्यार्थीहरू उत्तीर्ण भएका छन्। जसअनुसार ४५९ जनाले ए प्लस, ९१२ जनाले ए, ३२४ जनाले बी प्लस, ९५५ जनाले बी, ७१७ जनाले सी प्लस र ३८ जनाले सी ग्रेड प्राप्त गरेका छन्।

देशभरको समग्र नतिजामा भने ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।अनुत्तीर्ण विद्यार्थीका लागि पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *