वीरगन्ज :

एक महिनामा भित्रियो एक खर्ब ४ अर्ब रेमिट्यान्स

श्रेणी : अर्थ

3 years
birgunj report
143Views
0 Shares

काठमाडौं । फागुन महिनामा एक खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनामा एक खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको जनाएको छ ।

बैंकले रेमिट्यान्सको वृद्धिदर २५.३ प्रतिशत रहेको जनाएको छ । चालु आर्थिक वर्षको फागुनसम्म कुल ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १४.८ प्रतिशतले बढेको छ ।

अब यस्तो रकम ६ अर्ब ९ करोड पुगेको छ । यस्तै, चालु आर्थिक वर्षको ८ महिनामा विदेशी मुद्राको सञ्चिति बढेर १४ खर्बमाथि पुगेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्टअनुसार गत असार मसान्तको तुलनामा विदेशी मुद्राको सञ्चिति १५.२ प्रतिशतले बढेर १४ खर्ब १ अर्ब २१ करोड पुगेको छ ।

जबकी गत असार मसान्त, २०७९ मा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिको सञ्चित विदेशी मुद्राले अहिलेकै आयातको तुलनामा १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १७.८ प्रतिशतले वृद्धि भई १२४४ अर्ब ९४ करोड पुगेको छ । रेमिट्यान्स एक खर्ब माथिको आँकडामा भित्रिन थालेपछि बाह्य क्षेत्रमा सन्तोषजनक सुधार देखिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *