वीरगन्ज :

मध्यरातमा डाका र प्रहरीबीच दोहोर भिडन्त, २ जना घाइते

श्रेणी : समाचार

2 years
birgunj report
6Views
0 Shares


काठमाडौं, भदौ १९ गते ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा प्रहरी र डाकाबीच भएको दोहोर भिडन्त भएको छ । मध्यराति करिब १२ः०५ बजे एरोटेक प्रा।लिमा दोहरो भिडन्त भएको हो ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका२३ भलुहीमा रहेको एरोटेक प्रा.लि.सिलिन्टर कम्पनीमा डाकाहरुको समुहले लुटपाट गरिरहेको सूचना पाएलगतै घटना स्थलमा प्रहरी पुगेको थियो । करिब २० जनाको समुहमा आएका डाकाहरुले उद्योग भित्र लुटपाट गरिरहेका बेला प्रहरी र डाकाबीच दोहोर भिडन्त भएको हो ।

दोहोर भिडन्तमा डाकाले एक राउन्ड र प्रहरीले तीन राउन्ड गोली चलाएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । डाकाले चार राउन्ट फायर गरे पनि ३ राउन्ट नपड्केको र एक राउन्ट पड्केको थियो ।

प्रहरीले दोहोरो भिडन्तको क्रममा कटुवा पेस्तोल १ थान, एकनाले बन्दुक १ थान र गोली ३ थानसहित २ जना डाकालाई पक्राउ गरेको छ । प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरा बस्ने जयराम पासवान र वडा नम्बर १० बलुवाबेहरा बस्ने जवाहिर महतोलाई पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

दोहोरो भिडन्तको क्रममा वरिष्ठ प्रहरी नायव निरिक्षक (सई) कलाम शाही घाइते भएका छन् । डाका पक्रने क्रममा डाकाले प्रहार गरेको रडबाट शाही घाइते भएका हुन् ।

घाइते वरिष्ट प्रहरी नायव निरिक्षक शाहीको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको जील्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यता दोहरो भिडन्तमा घाइते एक जना डाकाको अलपाइन अस्पताल सिमरामा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *