वीरगन्ज :

हरिखेतान क्याम्पसमा विवादकाे छानबिन गर्न सांसद हरि पन्तको माग

श्रेणी : BANNER

14 hours
Pradeep Sah
2.3kViews
1175 Shares

वीरगन्ज,०६ जेठ । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्त ले वीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा देखिएको विवाद समाधानका लागि सरकारले छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद पन्तले २०३८ सालमा स्थापना भएको उक्त सामुदायिक क्याम्पस अहिले निरन्तर विवाद र झडपको केन्द्र बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।

उनका अनुसार करिब ४ हजार विद्यार्थी अध्ययनरत र १५० भन्दा बढी प्राध्यापक तथा कर्मचारी कार्यरत क्याम्पसमा दैनिकजसो हुने विवाद, नाराबाजी र झडपका कारण शैक्षिक वातावरण प्रभावित भएको छ। सांसद पन्तले क्याम्पस गुठी संस्थानको जग्गामा निर्माण गरिएको भए पनि केही दाता परिवारसँग सम्बन्धित व्यक्तिहरूले पटक–पटक विधान संशोधन गर्दै निजीकरणतर्फ लैजाने प्रयास भइरहेको आरोप लगाए।

उनले हालैको झडपका क्रममा क्याम्पस प्रमुखमाथि दुर्व्यवहार भएको तथा केही कर्मचारी पक्राउ परेका र केहीलाई सेवाबाट हटाइएको अवस्था रहेको जानकारी दिए। सांसद पन्तले सरकार र सम्बन्धित निकायलाई तत्काल छानबिन समिति गठन गरी क्याम्पसको व्यवस्थापन, विधान र शैक्षिक वातावरणलाई सामान्य बनाउन माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *