![](https://birgunjreport.com/wp-content/uploads/2022/08/1-98.jpg)
श्रेणी : राजनीति
8Views
0
Shares
काठमाडौं । भदौ ११ गते
मंसिरमा हुने निर्वाचनमा एमालेले जितेमा देशको राजनीति फेरि रेड जोनमा जाने शहरी विकासमन्त्री मेटमणि चौधरीले बताएका छन् ।रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेकपा एमालेबाट कानुनी राज्यको धज्जी उडाउँदै संसदीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसँग गठबन्धन गर्नुपरेको बताए ।
एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरू एकजुट हुनुपरेको जिकिर गरे । उनले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागि गठबन्धन दलहरु बिजय हुनुपर्ने औंल्याए ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया