श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने बताएका छन् ।
शनिबार एमालेको प्युठान–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समयमा कदम नचालेकाले प्रचण्डको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको बताएका हुन् ।
उनले प्रचण्डले प्रधानमन्त्री हुने इच्छा गरिरहेको तर त्यस सम्भावनालाई समयले नै समाप्त पारि दिएको बताए । उनले अरुले पनि समयमा कदम नचाले देश फेरिपनि मध्यावधि निर्वाचनतर्फ धकेलिन सम्भावना रहेको बताए ।
उनले भने, ‘पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ । तर उहाँले मलाई लाग्छ–ढिलो गर्नुभयो । निर्णय गर्न ढिलो गर्नुभयो । उहाँको सम्भावना समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नु भएन । अरुले पनि समयमा कदम चालेनन् भने समयमा आफूलाई मात्रै हेरे भने देश फेरि घुमीफिरी मध्यावधितिर जाने सम्भावना छ ।’
अध्यक्ष ओलीले सत्ता गठबन्धनबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको आरोप लगाए ।
प्रतिक्रिया