वीरगन्ज :

विधेयक पीडितलाई न्याय दिने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक आएन –प्रेम सुवाल

श्रेणी : राजनीति

4 years
birgunj report
287Views
0 Shares

काठमाडौं । भदौ ७ गते
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पीडितलाई न्याय दिने गरी नआएको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना प्रस्तुत गर्दै सांसद सुवालले विधेयक पीडितलाई न्याय दिने गरी नआएको बताएका हुन् ।कुन–कुन प्रावधान राखिँदैछ भन्ने सम्बन्धमा पीडितलाई जानकारी नदिएको र विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *