श्रेणी : BANNER
12Views
0
Shares
वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियारले छापा मारी एकजना कर्मचारीलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा छापा मारेको हो ।
घुस माग गरेको गुनासोपछि हेटौडाबाट खटिआएको अख्तियारको टोलीले कम्प्युटर अपरेटर संजय कुमार यादवलाई पक्राउ गरेको छ । सेवाग्राहीसँग लिएको नगद पाँच हजार घुस रकमसहित यादवलाई फेला पारेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।
प्रतिक्रिया