वीरगन्ज :

नेपाल निर्माण व्यवसायी संघ पर्साको अध्यक्षमा सुरेशप्रसाद कुर्मी विजयी

श्रेणी : अर्थ

3 years
birgunj report
31Views
0 Shares

वीरगंज । नेपाल निर्माण व्यवसायी संघ पर्साको अध्यक्षमा सुरेश प्रसाद कुर्मी विजयी भएका छन् । शनिबार भएको निर्वाचनकोआइतबार सम्पन्न अन्तिम मतगणनाको मतपरिणाम अनुसार कुर्मीका प्रतिद्वन्द्वी दिवाकर प्रसादले ५८ मत पाएका छन् । दिवाकरलाई २२७ मतले हराउदै सुरेश विजयी भएका हुन् ।

संघको प्रथम उपाध्यक्षमा आफ्ना प्रतिद्वन्दी हिरालाल प्रसाद कुर्मीले १ सय ३ मत पाउंदा ज्ञानेन्द्र मिश्र २३९ मत ल्याएर विजयी भएका छन् । द्वितिय उपाध्यक्षमा अच्छेलाल प्रसाद चौरसिया २२९ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी रामबाबु प्रसाद कुर्मीले १०० मत ल्याएका छन् ।

यता सचिवमा शनि यादव १५८ मत ल्याएर विजयी भएका छन् भने कोषाध्यक्षमा राजेश्वर प्रसाद रौनियार २०१ मत ल्याएर विजयी भएका छन् ।
संघको सदस्यहरुमा अमोद कुमार पटेल १८० मत, पुरुषोत्तम प्रसाद पटेल १८५ मत, विकास कुमार साह १६६ मत, विरेन्द्र प्रसाद कुर्मी २१६ मत, मनोज कुमार साह १५७ मत, बृजेश कुमार यादव १८० मत, पारस ठाकुर २०० मत, दिपेन्द्र प्रसाद सोनार १७५ मत र सतिश कुमार चौरसिया १५४ मत ल्याएर विजयी भएका हुन् । दुई जना महिला सदस्यमा प्रिया पाण्डे र आशा देवी निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *