वीरगन्ज :

शताब्दी पुरुष जोशीको पार्थिव शरीर नजलाइने, अध्ययनका लागि किष्ट अस्पतालमै राखिने

श्रेणी : BANNER

3 years
birgunj report
65Views
0 Shares

काठमाडौं । शताब्दी पुरुष सत्यमोशन जोशीको पार्थिव शरीर नजलाइने भएको छ । जोशीले आफ्नो शरीर किष्ट अस्पताललाई दान गर्ने अगाडिकै घोषणाअनुसार उनको शरीर नजलाई अस्पतालमै राखिने भएको हो ।

किष्टले जोशीको नि:शुल्क उपचार गर्दै आएको थियो । जोशीकै इच्छाअनुसार उनको शरीर अध्ययनका लागि अस्पतालमा राखिने किष्ट अस्पतालका प्रोफेस डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार जोशीको शरीरमा नगल्ने केमिकल प्रयोग गरेर राखिने छ।

अन्तिम संस्कार नगरेपनि जोशीको शवलाई श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका कार्यालय परिसरमा राखिने छ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उनको शरीर अध्ययनका लागि किष्ट अस्पतालमा राखिनेछ।

२४ दिनदेखि किष्ट अस्पतालमा उपचाररत जोशीको आज बिहान  निधन भएको थियो । उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीसहित देशका उच्च पदस्थ व्यक्तिहरुले दु:ख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *