वीरगन्ज :

सरकारसँग सहमतिपछि गरिमा चौधरीको शव परिवारले बुझे

श्रेणी : BANNER

2 hours
Pradeep Sah
1.6kViews
1210 Shares

बीरगन्ज,०७ भदौ । तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएपछि परिवारले प्रादेशिक अस्पताल कलैयाबाट बालिकाको शव बुझेका छन्।

निष्पक्ष अनुसन्धान, दोषीलाई कडा कानुनी कारबाही तथा कानुनी सुधारको माग गर्दै परिवारले केही दिनदेखि शव बुझ्न अस्वीकार गर्दै आएको थियो। शनिबार राति गृह मन्त्रालयमा भएको लामो छलफलपछि सरकार र पीडित पक्षबीच सहमति भएपछि परिवार शव बुझ्न तयार भएको हो।

सहमति अनुसार जघन्य अपराधमा विद्यमान कानुनी व्यवस्था पुनरावलोकन गर्न ‘गरिमा न्याय संकल्प समिति’ गठन गरी आवश्यक कानुनी सुधारका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने सरकारले प्रतिबद्धता जनाएको छ।

सरकारको प्रतिबद्धतापछि परिवारले आफ्नो धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार बालिकाको अन्त्येष्टि गर्ने निर्णय गरेको हो। अस्पतालबाट शव बुझेर अन्तिम संस्कारका लागि कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलातर्फ लैजाँदा पीडित परिवारका आफन्त, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र तथा विभिन्न सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो।

सरकारले घटनामा दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न तथा कानुनी जटिलता समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएपछि परिवारले दुःखद् परिस्थितिबीच बालिकाको सद्गत गर्ने निर्णय लिएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *