वीरगन्ज :

पर्सामा खोलामा डुबेर एक व्यक्तिको मृत्यु

श्रेणी : मधेस

50 minutes
Pradeep Sah
2.7kViews
1583 Shares

वीरगन्ज,०७ भदौ । पर्साको विन्दवासिनी गाउँपालिका–२ स्थित ढोङ्गही खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ। प्रहरीका अनुसार बहुदरमाई नगरपालिका–१ का अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिर भैँसी चराउन गएका बेला खोलामा डुबेर बेपत्ता भएका थिए।

उनी बेपत्ता भएको सूचना स्थानीयबाट प्राप्त भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी थालेको थियो। सशस्त्र प्रहरी सुरक्षा बेस पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मीको कमाण्डमा विपद् व्यवस्थापन टोली तथा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको थियो।

खोजीका क्रममा सशस्त्र प्रहरीको टोलीले खोलामा डुबेको अवस्थामा राउतको शव फेला पारेको हो।

शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साका प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *