वीरगन्ज :

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, १ जना पक्राउ

श्रेणी : BANNER

49 minutes
Pradeep Sah
2.3kViews
1144 Shares

जनकपुर,७ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

शम्भुनाथ नगरपालिका–३ का मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। बालिका हराएको जानकारी पाएलगत्तै परिवार र प्रहरीले खोजी सुरु गरेका थिए।

खोजीका क्रममा करिब दुई घण्टापछि बालिका आफ्नै घरको पछाडिपट्टि रहेको झाडीमा मृत अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्काका अनुसार प्रारम्भिक अनुसन्धानबाट व्यक्तिगत रिसइबीका कारण बालिकाको हत्या भएको हुनसक्ने देखिएको छ।

घटनामा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिको परिचय तथा घटनासम्बन्धी थप तथ्य अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *