वीरगन्ज :

पर्सामा ५ किलो गाँजासहित दुई भारतीय पक्राउ

श्रेणी : BANNER

48 minutes
Pradeep Sah
2.8kViews
1377 Shares

वीरगन्ज,०७ भदौ । पर्सामा मोटरसाइकलको ट्यांकी र सिटमुनि लुकाएर गाँजा भारततर्फ लैजाँदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन्।

सशस्त्र प्रहरीका अनुसार छिपहरमाई गाउँपालिका–५ भिस्वामा नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा गाँजा बरामद भएको हो।

बोर्डर आउट पोस्ट जयमंगलापुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले मोटरसाइकलमा सवार दुई जनालाई रोकेर जाँच गर्दा ट्यांकी र सिटमुनि लुकाइराखिएको अवस्थामा ५ किलो गाँजा फेला पारेको जनाएको छ।

पक्राउ परेका दुवै भारतीय नागरिकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। बरामद गाँजा र मोटरसाइकलसहित उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *