वीरगन्ज :

सिराहामा ब्राउन सुगरसहित तीन जना पक्राउ

श्रेणी : अपराध

43 minutes
Pradeep Sah
1.5kViews
1204 Shares

सिराहा,०७ भदाै । सिराहा प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शनिबार राति गोलबजार नगरपालिका–३ स्थित विकास होटल अगाडि शंकास्पद अवस्थामा मोटरसाइकलमा आएका व्यक्तिलाई चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–८ का १९ वर्षीय दीपककुमार यादव, वडा नम्बर ७ का २० वर्षीय आशिक महतो र वडा नम्बर ६ का १८ वर्षीय राजेशकुमार दास रहेका छन्।

उनीहरू कसहाबाट गोलबजारतर्फ आउँदै गरेको मधेस प्रदेश ०१–००५ प २४९३ नम्बरको मोटरसाइकलमा सवार थिए। चेकजाँचका क्रममा उनीहरूको साथबाट ११.६२ मिलिग्राम ब्राउन सुगर र नगद २ हजार ९२० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ परेका तीनै जनालाई मोटरसाइकलसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *