वीरगन्ज :

नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने ट्राफिक इन्स्पेक्टर कारबाहीमा

श्रेणी : BANNER

12 months
Pradeep Sah
2.8kViews
1679 Shares

काठमाडौं,०१ जेठ । काठमाडौँको नागढुंगामा एक प्रहरी सहायक हवल्दारमाथि कुटपिट गरेको आरोपमा ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहमाथि कारबाही प्रक्रिया सुरु गरिएको छ।

बुधवार दिउँसो सडकमा ड्युटीमा खटिएका एक सहायक हवल्दारलाई इन्स्पेक्टर साहले चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले चौतर्फी प्रतिक्रिया बटुलेको थियो। भिडियो भाइरल भएपछि प्रहरी मुख्यालयले तत्काल घटनाको छानबिन थालिएको जनाएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक तामाङका अनुसार, इन्स्पेक्टर साहलाई हाल उनको पदबाट हटाइएको छ र उनलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा झिकिएको छ। छानबिनपछि थप कारबाही अघि बढाइने एआईजी तामाङले जानकारी दिए।

कुटपिटको शिकार भएका सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए भने साह त्यहीँका प्रमुख थिए। घटनापछि आफ्नो पक्ष राख्दै साहले हवल्दारले ट्रक चालकसँग रकम लिएको देखेपछि अनुशासनको नाममा कारबाहीस्वरूप कुटेको बताएका छन्।

तर, सार्वजनिक स्थलमै अधीनस्थ प्रहरीमाथि हातपात गर्नु प्रहरी आचरणविपरीत भएको भन्दै प्रहरी संगठनले गम्भीर रूपमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *