वीरगन्ज :

वीरगञ्जमा साना बालबालिकाको सिर्जनशीलता उजागर गर्दै फर्स्ट स्टेप प्रि–स्कुलमा कलरिङ प्रतियोगिता

श्रेणी : मधेस

11 hours
Pradeep Sah
2.6kViews
1278 Shares

वीरगञ्जस्थित फर्स्ट स्टेप प्रि–स्कुलले नर्सरी र एलकेजी तहमा अध्ययनरत विद्यार्थीहरूका लागि कलरिङ प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामार्फत बालबालिकाले आफ्नो कल्पनाशक्ति र सिर्जनात्मक क्षमतालाई रङहरूको सुन्दर संयोजनमार्फत आकर्षक ढंगले अभिव्यक्त गरेका थिए।

विद्यालयका अनुसार प्रतियोगितामा अभिभावकहरूको उल्लेखनीय सहभागिता र सक्रिय सहयोगले कार्यक्रमलाई अझ उत्साहपूर्ण, प्रेरणादायी तथा स्मरणीय बनाएको थियो। अभिभावकको उपस्थितिले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई सिर्जनात्मक गतिविधिमा थप हौसला मिलेको विद्यालयले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्ज प्याब्सनका अध्यक्ष राहुल श्रीवास्तव तथा प्याब्सन वीरगञ्जका सदस्य विजयकुमार बाल सहभागी भएका थिए। उनीहरूले यस्ता सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापले बालबालिकाको प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यालयको पहलको खुलेर प्रशंसा गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *