वीरगन्ज :

जीतपुरमा गाँजाको पुरियासहित दुई व्यवसायी प्रहरी नियन्त्रणमा

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.9kViews
1568 Shares

बीरगन्ज,१६ असार । बाराको जीतपुर बजार क्षेत्रमा सञ्चालित दुई अलग–अलग पसलमा प्रहरीले छापा मारेर प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित बजार क्षेत्रमा विशेष निगरानीका क्रममा छापा मारेको थियो।

प्रहरीका अनुसार जीतपुर बजारमा लकिचन साहको पसलमा खानतलासी गर्दा बिक्रीका लागि स–साना पुरियामा प्याक गरिएको करिब ३६० ग्राम तौलको ५९ वटा गाँजाको पुरिया बरामद भएको छ। उक्त पसलमा रहेकी ५० वर्षीया बच्ची साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, जीतपुरकै सिधरिया टोलस्थित अर्को पसलमा गरिएको खानतलासीका क्रममा आठ वटा गाँजाको पुरिया फेला परेपछि ६८ वर्षीय सेख महमदलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको छ।

प्रहरीले पछिल्लो समय बजार क्षेत्रमा बढ्दो अवैध लागुऔषध कारोबार नियन्त्रण गर्न विशेष निगरानी तथा छापामार अभियानलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *