
काठमाडौं,१६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन्।
पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार बुधबार बिहान ११ बजे काठमाडौंस्थित घण्टीघरमा रहेको पार्टी केन्द्रीय कार्यालयमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा महाधिवेशनबाट निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिनेछन्।
शपथ ग्रहणपछि पार्टीको केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ। बैठकमा मनोनयन गर्न बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यका विषयमा छलफल गरी आवश्यक निर्णय गरिने जनाइएको छ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए। उनले भने महाधिवेशनस्थल भरतपुरमै यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।


प्रतिक्रिया