वीरगन्ज :

वीरगञ्जको मुख्य सडक विस्तारले पायो गति, गण्डक चोक–मितेरी पुल खण्डका लागि १ अर्ब २५ करोड बजेट सुनिश्चित

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.3kViews
1619 Shares

वीरगंज (पर्सा), ९ असार । वीरगञ्जको प्रमुख सडक विस्तार योजना अब कार्यान्वयनको चरणमा प्रवेश गर्ने भएको छ। गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक स्तरोन्नति तथा विस्तारका लागि संघीय सरकारले १ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ।


सडक डिभिजन कार्यालय, हेटौडाका प्रमुख इन्जिनियर किरण कार्कीका अनुसार उक्त सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यसअघि नै तयार भइसकेको छ। उनले साउन महिनाभित्रै ठेक्का प्रक्रिया सुरु गर्ने तयारी भइरहेको जानकारी दिए।
लामो समयदेखि प्रतीक्षामा रहेको यस परियोजना अघि बढेसँगै वीरगञ्जको यातायात व्यवस्थापन सहज हुनुका साथै नगरको पूर्वाधार विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *