श्रेणी : BANNER

वीरगंज (पर्सा), ९ असार । भक्तपुरको नगरकोट क्षेत्रमा सामान्य भनाभनपछि भएको झडपले दुःखद रूप लिएको छ। गएराति करिब १० बजे भक्तपुर नगरपालिका–१ अन्तर्गत नगरकोटमा भएको झैझगडाका क्रममा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
महोत्तरीको मिथिला नगरपालिका–९ स्थायी घर भएका तथा हाल नगरकोट मोडमा बस्दै आएका २८ वर्षीय आकाश रसाइलीमाथि चक्कु प्रहार भएको थियो। घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको भए पनि आज बिहान ६ः१५ बजे उपचारकै क्रममा उनको निधन भएको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उदयपुर त्रियुगा नगरपालिका–१३ का ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ का २७ वर्षीय दोर्जे शेर्पा तथा गुल्मी तम्घासका ३५ वर्षीय रमेश कुँवरलाई नियन्त्रणमा लिएको छ। उनीहरू हाल भक्तपुरको सल्लाघारी क्षेत्रमा बसोबास गर्दै आएका थिए।


प्रतिक्रिया