वीरगन्ज :

किसानलाई राहत, मधेसमा १३ हजार ९ सय टनभन्दा बढी मल वितरण

श्रेणी : कृषि

3 hours
Pradeep Sah
2.8kViews
1816 Shares

बीरगन्ज,०३ असार । मधेस प्रदेश सरकारले वर्षे धान खेतीलाई लक्षित गर्दै प्रदेशका १३६ वटै स्थानीय तहमा युरिया र डिएपी मल बाँडफाँड गरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार जेठ २७ गतेको निर्णयअनुसार ७ हजार ३२८ मेट्रिक टन युरिया र ६ हजार ६१० मेट्रिक टन डिएपी मल स्थानीय तहहरूमा वितरण गरिएको हो।

कृषि सामग्री कम्पनी लिमिटेडमार्फत युरिया र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत डिएपी मल आपूर्ति गरिएको मन्त्रालयले जनाएको छ। धान रोपाइँको मुख्य सिजनमा किसानलाई मल अभाव हुन नदिन अग्रिम रूपमा वितरण योजना कार्यान्वयन गरिएको हो।

जिल्लागत रूपमा हेर्दा सप्तरीले सबैभन्दा बढी १ हजार ३५ मेट्रिक टन डिएपी र ९७५ मेट्रिक टन युरिया प्राप्त गरेको छ। त्यसैगरी सिरहामा १ हजार ७२ मेट्रिक टन युरिया र १ हजार १३७ मेट्रिक टन डिएपी, सर्लाहीमा १ हजार ९३ मेट्रिक टन युरिया र ९१९ मेट्रिक टन डिएपी बाँडफाँड गरिएको छ।

धनुषा, महोत्तरी, रौतहट, बारा र पर्साका स्थानीय तहहरूमा समेत आवश्यकताअनुसार मल वितरण गरिएको मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले समयमै मल उपलब्ध गराएर धान उत्पादन वृद्धि तथा किसानलाई राहत पुग्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *