वीरगन्ज :

राधेमाईमा युवतीको रहस्यमय मृत्यु, श्रीमान पक्राउ

श्रेणी : BANNER

3 hours
Pradeep Sah
1.7kViews
1320 Shares

बीरगन्ज,०३ असार । बीरगन्ज महानगरपालिका–१३ राधेमाईमा एक युवती आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

मृतकको पहिचान खुश्बु खातुनका रूपमा भएको छ। घटनापछि प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि उनका श्रीमान अरवाज आलमलाई नियन्त्रणमा लिएको जनाएको छ।

घटनाको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।

घटनापछि मृतक र श्रीमान पक्षका आफन्तबीच विवाद तथा तनावको अवस्था सिर्जना भएको बताइएको छ। स्थानीयस्तरमा केही समय झैझग्डा समेत भएको जनाइएको छ।

प्रहरीले घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको भन्दै मृत्युको प्रकृति र अन्य पक्षबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *