वीरगन्ज :

वीरगन्जका विद्यार्थी जावलाखेलको कलेज भवनबाट खसेर मृत फेला

श्रेणी : BANNER

2 hours
Pradeep Sah
1.6kViews
1142 Shares

 

काठमाडौं,०२ असार । वीरगन्जका एक विद्यार्थी ललितपुरको जावलाखेलस्थित डीएभी कलेज परिसरमा मृत अवस्थामा भेटिएका छन्।

पर्साकाे वीरगन्ज महानगरपालिका–२२ का १८ वर्षीय आर्यन सिंह प्लस टु तहमा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ। उनी सोमबार बिहान करिब १० बजे कलेज परिसरमा गम्भीर घाइते अवस्थामा फेला परेका थिए।

घटनापछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका छन्। जिल्ला प्रहरी परिसर ललितपुर का अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *