वीरगन्ज :

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

श्रेणी : BANNER

3 months
Pradeep Sah
2.4kViews
1561 Shares

काठमाडौं,२९ वैशाख । विदेशमा आकर्षक तलबको रोजगारी दिलाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ घर भई हाल काठमाडौंमा बस्दै आएका ४७ वर्षीय शैलेन्द्र पाण्डे रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पाण्डेले सर्विया र स्लोभाकियालगायत देशमा रोजगारीका लागि पठाइदिने आश्वासन दिँदै १३ जनाबाट करिब ३५ लाख ७० हजार रुपैयाँ असुलेका थिए। रकम लिएपछि उनी पीडितसँग सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई सोमबार काठमाडौंको नागार्जुन नगरपालिका–९ क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउपछि थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभागमा बुझाइएको छ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट सचेत रहन र आधिकारिक प्रक्रिया तथा स्वीकृत म्यानपावर कम्पनीमार्फत मात्रै विदेश जान सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *