वीरगन्ज :

स्मार्ट टेलिकमका एमडी सर्वेश जोशी पक्राउ

श्रेणी : प्रदेश

3 hours
Pradeep Sah
2.5kViews
1389 Shares

काठमाडौं,२२ वैशाख । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको हो ।

सीआईबीका अनुसार जोशीलाई सोमबार काठमाडौं महानगरपालिका–२ खुर्सानीटार क्षेत्रबाट पक्राउ गरिएको हो ।

स्मार्ट टेलिकमको अनुमति पत्र नवीकरण नभएपछि २०८० वैशाख ३ गतेदेखि कम्पनीको लाइसेन्स स्वतः खारेज भएको थियो । त्यसपछि कम्पनीको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो ।

तर, सरकारी नियन्त्रणमा रहेको सम्पत्तिमा अनियमितता गरी सरकारको हकहितमा क्षति पुर्‍याउने गतिविधिमा संलग्न भएको आरोपमा जोशीमाथि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *