वीरगन्ज :

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

श्रेणी : दुर्घटना

2 days
Pradeep Sah
2.4kViews
1029 Shares

सर्लाही, २२ वैशाख । सर्लाहीको बागमती नगरपालिका–२ स्थित धरहरा चौकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

सोमबार साँझ नयाँ रोड–बरहथवा सडक खण्डमा भारतीय नम्बर प्लेटको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्थानीय अन्दाजी ७५ वर्षीय हरि बहादुर अधिकारी गम्भीर घाइते भएका थिए।

घाइते अधिकारीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्ज हुँदै बारा स्थित एल.एस. न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले साँझ ७ः२५ बजे उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न भारतीय नम्बर प्लेट बिआर ३३ बिएफ ७८२१ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। चालक गोडैता नगरपालिका–२ निवासी २० वर्षीय शिवम कुशवाहालाई पनि प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *