वीरगन्ज :

कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज

श्रेणी : प्रदेश

4 hours
Pradeep Sah
1.8kViews
1160 Shares

काठमाडौं,२२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे ललितपुरस्थित बिपी स्मृति भवनमा आयोजना हुने जनाइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित) २०८३ को धारा २१ अनुसार गठन गरिएको बोर्डको पहिलो बैठक हुन लागेको हो ।

बैठकमा संसद्भित्र पार्टीको भूमिका, समन्वय र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ । कांग्रेसले बोर्डका सबै सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशनसमेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *