वीरगन्ज :

सेनाको ब्यारेक भत्काएर देखाउन सरकारलाई सीके राउतको चुनौती का

श्रेणी : प्रदेश

4 hours
Pradeep Sah
1.6kViews
1877 Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति तीव्र असन्तुष्टि जनाउँदै सरकारलाई सेनाका ब्यारेक हटाएर देखाउन चुनौती दिएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सार्वजनिक जग्गामा रहेका सुकुम्बासी बस्तीमाथि मात्रै डोजर चलाइएको आरोप लगाए। उनले संरक्षित वन तथा संवेदनशील क्षेत्रमा बनेका सेनाका संरचनाप्रति सरकार मौन रहेको टिप्पणी गरे।

राउतले लेखेका छन्, “यदि सार्वजनिक विद्यालय र सुकुम्बासीका बस्ती सेना लगाएर भत्काइन्छ भने, संरक्षित वन क्षेत्रमा बनेका सेनाका ब्यारेक किन नहटाइने ?”

उनले सरकारले गरिब र विपन्न वर्गमाथि मात्रै कठोरता देखाएको आरोप लगाउँदै वनजंगल अतिक्रमणका विषयमा समान व्यवहार गर्नुपर्ने माग गरे।

साथै, उनले वास्तविक भूमिहीन र सुकुम्बासीमाथि अन्याय नगर्न सरकारलाई चेतावनी दिँदै राज्यले कमजोर वर्गलाई संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *