वीरगन्ज :

पर्सा प्रशासनमा सांसदद्वयको अनुगमन, सेवा प्रवाह सुधार्न कडा निर्देशन

श्रेणी : BANNER

4 hours
Pradeep Sah
2.5kViews
1278 Shares

वीरगन्ज,१७ चैत । पर्सामा सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन नवनिर्वाचित सांसदहरूले सक्रिय चासो देखाएका छन्। पर्सा–१ का सांसद हरि पन्त र पर्सा–२ का सांसद सुशील साह कानु ले जिल्ला प्रशासन कार्यालय पर्सामा संयुक्त अनुगमन गर्दै सेवा प्रणालीको अवस्थाबारे जानकारी लिएका छन्।

अनुगमनका क्रममा उनीहरूले सेवाग्राहीहरूसँग प्रत्यक्ष कुराकानी गरेका थिए। सेवाग्राहीहरूले सामान्य कामका लागि समेत धेरै कोठा धाउनुपर्ने, एउटै फाइल स्वीकृत गराउन समय लाग्ने र प्रक्रियाहरू झन्झटिलो रहेको गुनासो गरेका थिए। लामो प्रतीक्षा र असहज वातावरणले सर्वसाधारणलाई हैरानी भइरहेको उनीहरूको भनाइ थियो।

त्यसपछि सांसदद्वयले प्रमुख जिल्ला अधिकारी भोला दाहाल सँग भेट गरी सेवा सुधारका विषयमा छलफल गरेका थिए। प्रजिअ दाहालले सेवा प्रवाहलाई सहज बनाउन प्रविधिको प्रयोग बढाइएको र प्रक्रिया सरलीकरणका लागि ‘एकद्वार प्रणाली’ लागू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। साथै, बिचौलियाको प्रभाव घटाउने प्रयास भइरहेको पनि उनले बताए।

सांसद पन्त र साहले सरकारी कार्यालयमा जनताले दुःख पाउनु लोकतन्त्रको भावना विपरीत भएको उल्लेख गर्दै सेवा प्रणालीलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन जोड दिएका छन्। उनीहरूले सुरु गरिएका सुधारका कदमहरूले सेवाग्राहीको समय बचत हुने र अपेक्षा अनुसारको सेवा पाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *